पुडासैनी आत्महत्या प्रकरण : लामिछानेसहित तीनै जनाको फाइल सरकारी वकिलको कार्यालयमा



काठमाडौं : पत्रकार रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । 

आइतबार जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको हो । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित तीनै हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

आइतबार बिहान पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताएका छन् । 

पुडासैनी चितवनको कंगारु होटलको कोठाभित्र झुण्डिएको अवस्थामा साउन २० गते फेला परेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्