समाजिक सञ्जाल फेसबुकमा सिडियोलाई गाली गर्ने एक युवक पक्राउ 



वीरगञ्ज : समाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने बाराका एक जना युवकलाई प्रहरीले पक्राउ परेको छ । 

बाराको सिम्रनगढ नगरपालिका वडा नं.७ खजानी घर भई श्री कंकाली अटो ट्रेडर्सको सञ्चालक वर्ष २५ को शन्नि कुमार गुप्तालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो । 

गुप्ताले फेसबुकको मिमि वीरगञ्ज पेजमा कमेन्ट गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई गाली गलौज गरेका थिए ।

जिल्लाको अपराध नियन्त्रण टोलिले गुप्तालाई वीरगञ्जको घण्टाघर चौकबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरले बताए । पक्राउ परेका गुप्तालाई साइबर क्राइम सम्बन्धि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्