विदेश घुम्न जाने क्रम बढ्यो, अर्बौ डलर बाहिरिँदै



काठमाडौं : घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ । 

मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ । 

यही अवस्थामा भ्रमण घुम्न र अध्ययनका लागि पनि अर्बौँ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाईसमेत गरेको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ । 

अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको बृद्धि हो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्