घरेलु टोली वेस्ट इन्डिजविरूद्वको टी-२० सिरिज भारतलाई



काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी-२० सिरिज भ्रमणकारी भारतले जितेको छ। शनिबार राति सम्पन्न चौंथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले एक खेल अगावै सरिज ३-१ ले जितेको हो।

भारतले दिएको १९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगावै १३२ रनमा अलआउट भयो। वेस्ट इन्डिजका कप्तान निकोलस पुरन र रोभमन पावेलले समान २४/२४ रन बनाए। पुरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

यता, पावेलले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे। यता, सिम्रन हिटमायरले १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए। केली मेयर्सले १४ रन बनाउँदा अन्य ब्याटरले सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्। भारतका लागि अर्शदिप सिंहले सर्वाधिक ३ विकेट लिए। उनले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चिए।

यता, अक्षर पटेल, रवि बिष्नोई तथा आभेस खानले समान २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो। भारतका ऋषभ पन्तले ४४ रन बनाए। उनले ३१ बलमा ६ चौका प्रहार गरे।

कप्तान रोहित शर्मा १६ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए। यता, सन्जु सामसन २३ बलमा २ छक्का र १ चौकासहित ३० रनमा अविजित रहे। सूर्यकुमार यादवले २४ रन बनाउँदा दीपक हुड्डाले २१ बनाए।

वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेफले समान २/२ विकेट लिए। दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्