हेटौंडामा करेन्ट लागेर १ जनाको मृत्यु



हेटौंडा । मकवानपुरको हेटौंडा-४ स्थित क्वीक २० होटलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर-सिमरा उपमहानगरपालिका घर भई हाल होटलमा काम गर्दै आएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

शनिबार साँझ पार्टी प्यालेसको छतमा सुकाएको कपडा उठाउने क्रममा लामिछाने करेन्ट लागेको र उपचारको क्रममा गएराति हेटौंडा स्थित संचो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्