माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु 



हेटौंडा । मकवानपुरको हेटौंडा स्थित कर्रा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार स्थानीय हेटौंडा ९ का १२ वर्षीय बालक सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उनले तामाङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बताए। डाक्टरको लापरबाहीको कारण बालकले समयमा उपचार नपाउँदा बालकको मृत्यु भएको भन्दै गएराति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बालकका आफन्तले नाराबाजी गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्