अप्ठ्यारो ठाउँमा मौरीले घार बनाएपछि… (भिडियो सहित)



एजेन्सी : भारतको नागाल्यान्डमा २५ वर्षीय एक व्यक्ति गराजतिर जाँदै गर्दा नितम्बमा मौरीले घार बनाएका छन्। भेलेल्हु नामक ती व्यक्तिको नितम्बमा रानी माहुरी आइपुगेपछि अरू माहुरी पनि ओइरिएका थिए। उनी गाडी चलाएर गइरहँदा माहुरीहरू शरीरको तल्लो भागमा झ्याम्मिन आइपुगेका थिए। 

अनौठो भिडियो पाँच दिनअघि खिचिएको हो र त्यसमा माहुरीहरू भेलेल्हुको जीन्स प्यान्टको पछिल्तिर भेला भएका देखिन्छन्। उनीहरूकी रानी माहुरी आएका कारण पछ्याउँदै त्यहाँ आइपुगेका हुन्। रानी माहुरीलाई हटाएर एउटा जारमा राखेपछि अरू माहुरी भागेका थिए। 

उनीसँगै गाडीमा रहेका मानिसले भिडियो रेकर्ड गरेका थिए। उनले भने, ‘हामीहरू गराज जाँदै गर्दा रानी माहुरी भेलेल्हुको पछिल्तिर आइपुगिन्। उनलाई पछ्याउँदै अरू माहुरी पनि आइपुगे। केही क्षण संघर्ष गरेपछि उनले रानीलाई समातेर उनको पखेटा अलिकति च्याते।

त्यसपछि उनलाई उसले एउटा कन्टेनरमा हाल्यो र अरू पनि सँगै उडे।’ माहुरी हटाएपछि भेलेल्हुले माहुरी फर्केर नचिलून् भनी आफूलाई कारैमा थुने। 

प्रतिक्रिया दिनुहोस्