बङ्लादेशमा बस दुर्घटना : ८ जनाको मृत्यु, १८ घाइते



ढाका : बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए ।

स्थानीय समय अनुसार दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए । उनका अनुसार मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई अस्पताल लगिएको छ । मृत्यु भएकामध्ये दुई जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या बर्सेनि धेरै रहेको छ । सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस्