कबड्डी खेलाडी थारु र यादव भारतीय क्लबमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी ‘प्रो-कबड्डी’ खेल्ने भएका छन्।

प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन्। उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो। दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए।

लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता खेलेका थिए। लालबाहेक नेपालका सञ्जय श्रेष्ठले पनि प्रतियोगिता खेलेका छन्। सञ्जयले पनि बेंगलोरबाटै प्रतियोगिता खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्