कोरोना बढेपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिन बन्द



तेह्रथुम । कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले ४ दिनका लागि विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोलि सोमवारदेखि ४ दिनसम्मका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिएका छन् ।

अहिले दिएको बिदा विद्यालयले दिने मिन पचासमा मिलान गर्ने पनि गाउँपालिकाले जनाएको छ । शिक्षक, विद्यार्थीसँगै गाउँमा पनि कोरोना सङक्रमण बढेको अध्यक्ष खापुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्