पाकिस्तानी टिभी होस्टले बलिउड अभिनेत्री दीपिका र प्रियंकालाई लिएर विवादित अभिव्यक्ति दिए (भिडियाे सहित)



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडालाई लिएर एक पाकिस्तानी टिभी होस्टले विवादित अभिव्यक्ति दिएका छन्। वकार जका नामक ती एंकरले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

उक्त भिडियोमा वकारले प्रियंका चोपडा र दीपिका पादुकोणको अनुहारलाई लिएर व्यङ्ग्य गरेका छन्। उनले भनेका छन्, भारतका दर्शकलाई त उनीहरुको नाम लिन पनि आउँदैन। यदि साँच्चिकै नजिक आउँथे भने के हुन्थ्यो होला ?

वकार जकाले आफ्नो भिडियोमा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा भारतीय कलाकारको बोर्ड हटाउन पनि माग गरेका छन्। उनले पहिलोपटक दीपिकालाई आफ्नो अगाडि देख्दा वान्ता भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा यो भिडियो खुबै भाइरल भएको छ। भिडियोलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्।

वकार जका भिडियो जक्कीका साथै सामाजिक अभियन्ता पनि हुन्। वकारले यसअघि पनि यस्ता भिडियो सार्वजनिक गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्