बङ्लादेशमा बस दुर्घटनामा, ८ जनाको मृत्यु, १८ घाइते



ढाका : बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमका अनुसारा राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको हो। स्थानीय समय अनुसार दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए। मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु भएकामध्ये दुई जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या बर्सेनि धेरै रहेको छ। सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जनाइन्छ।

प्रतिक्रिया दिनुहोस्