विवादले खेलक्षेत्र प्रभावित : अध्यक्ष महर्जन



ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन्। ललितपुर महानगरपालिका-२६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए।

बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवको विषय भएको उनले बताए। साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने सहयोग गर्न सधैं तत्पर रहेको पनि बताए।

ललितपुर महानगरपालिका–२६ का वडा अध्यक्ष शुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे। उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुरा वडामा आएर प्रष्ट पार्न सकिने बताए।

कार्यक्रममा सोमाङ स्कुलका पूर्वप्रधानअध्यापक जीतबहादुर घलेले खेलप्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपौयाँ सहयोग गरे। बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ।

प्रतिक्रिया दिनुहोस्