पाकिस्तानी सेनाले किन गर्यो साहरुखको आलोचना ?



एजेन्सी : नेटफ्लिक्समा नायक साहरुख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको नयाँ शो ‘बार्ड अफ ब्लड’ केही दिनमा नै सार्वजनिक हुँदैछ। यो शोको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तानी सेनाले साहरुखको आलोचना गरेको छ। पाकिस्तानका इन्टर सर्विशेज रिलेशनका प्रमुख आसिफ गफूरले साहरुखको आलोचना गर्दै कश्मीरको ताजा घटनामा ध्यान दिन आग्रह गरेका छन्।

ट्विटरमा गफुरले लेखेका छन्–‘साहरुख खान बलिउडका सिन्ड्रोम हुन्। रका एजेन्ट कुलभुषण हाम्रो साथमा छन्। शान्ती फैलाउन र कश्मीरमा भैरहेको अत्याचारको बिषयमा बोल्नका लागि तपाइले आफ्नो स्टारडमको उपयोग गर्न सक्नुहुन्छ।’

साहरुखले निर्माण गरेको यो शोको ट्रेलरमा जासुसी, प्रतिशोध, प्रेम र कर्तव्यको रोमान्चक कहानी प्रस्तुत गरिएको छ। यो शोमा नायक इमरान हाश्मी र एजेन्टको भूमिकामा देखिएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तमा समातिएका चार भारतीय नागरिकलाई बचाउनका लागि इमरानले गरेको कसरतलाई यो शोमा देखाइएको छ।

यो शोको ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तान साहरुखसँग असन्तुष्ट रहेको वुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्