काठमाडौंको बालाजुमा दिउँसै लुटिइन एक महिला



काठमाडौं । काठमाडौंको बालाजुमा बाटो हिँडिरहेकी एक महिलाको झोला लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन्।

बालाजुस्थित कुमारी स्थान सडकमा पैदल हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार व्यक्तिले धक्का दिइ उनले बोकेको झोला लुटेर फरार भएका थिए ।

उनको झोलामा रहेको नगद, मोबाइल तथा महत्वपूर्ण कागजात लुटिएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा राजधानीको मनमैजु र बानियाटारबाट रामेछाप घर भई टोखा बस्ने सागर दर्जी र तारकेश्वर नगरपालिकाका अमिर महर्जनलाई पक्राउ गरेको कार्यालयले आइतबार जनकारी दिएको छ ।

उनीहरुको साथबाट खुकुरी र लागुऔषध समेत फेला परेको छ । प्रहरीले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्