चट्याङले ३ गोरु र २ गाई मरे



उदयपुर । चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ५ गाईगोरु मरेका छन्। शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका-३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको ३ वटा गोरु र २ वटा गाई मरेका हुन्। गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए।

चट्याङबाट कार्कीको २ लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ। मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ। घरभन्दा करिब १ किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो।

प्रतिक्रिया दिनुहोस्