‘मेरो विवाह भएको छैन’ भन्दै श्रृंखलाले राखिन् सामाजिक संजालमा तस्बिर



काठमाडौं : पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो विवाह नभएको बताएकी छन्। इंस्टाग्राममा चारवटा तस्बिर राख्दै श्रृंखलाले आफ्नो विवाह नभएको स्पस्टिकरण दिएकी हुन्। तस्बिरमा भने उनी बेहुलीको पोशाकमा देखिएकी छन्।

खासमा उनले राखेका तस्बिरहरु ‘गहना गृह’ नामक एक गहना पसलको विज्ञापन सुटिङको थियो। विज्ञापनमा उनी बेहुलीको भूमिका देखिएकी छन्। विज्ञापन सुटिङका तस्बिर राख्दै उनले आफूले साधारण विवाह गर्ने सपना भएको समेत बताइन्। विज्ञापनमा उनले नृत्य समेत गरेको इंस्टाग्रामको पोस्टमा खुलाएकी छन्।

प्रतिक्रिया दिनुहोस्