चुम्बन गर्दा सर्छ यी ७ रोग



एजेन्सी : चुम्बन अर्थात् किस, कुनै पनि जोडीको प्रेमको पहिलो निशानीको रूपमा लिइन्छ। यसका आफ्नै फाइदा अनि बेफाइदा छन्। केटा र केटीको बिचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले सकारात्मक भूमिका खेल्छ। यसले मानसिक स्थिरता अनि शारीरिक सामिप्यता बढाउँछ। अनि यसका बेफाइदा पनि छन्। जसरी शारीरिक सम्पर्क गर्दा यौनसम्बन्धी रोगहरूको खतरा रहन्छन् त्यसरी नै चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धी रोगको खतरा रहन्छ।

१. संक्रमण सर्ने खतरा :– यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ। कुनै दुई व्यक्तिबिचको यसप्रकारको शारीरिक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ।

२. रुघाखोकी :– रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ। रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन गर्नुहुन्न।

३. फोका वा ठेउला उठ्ने :– ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो।

४. खटिरा :– यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ।

५. मस्तिष्कमा असर :– मस्तिष्कको वरिपरिको जाली मेनिन्जज सुन्निएको छ भने यो चुम्बनबाट सर्छ। यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउको दुखाई जस्ता लक्षण देखा पर्न थाल्छ। यस्तो लक्षण देखिए मेन्निजजाइटिस भएको हुनसक्छ र तत्कालै अस्पताल गइहाल्नुपर्छ।

६. श्वास प्रश्वास सम्बन्धी समस्या :– ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरू चुम्बनको माध्यमबाट सर्न सक् । यस्तो समस्या संक्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ ।

७. गिजासम्बन्धी रोग :– गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्