प्रचण्डले भने : जापानको आधुनिक प्रविधिको अनुसरण गर्न चाहेका छौं



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले जापानको आधुनिक प्रविधि अनुसरण गर्न खोजेको बताएका छन्।

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार प्रिफेक्चरल सरकार जापान, कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकन भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्।

भ्रमणपछि त्यहाँस्थित जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने बताए।

‘नेपाल कृषिप्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ। त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौ। यहाँ महामहिम राजदुत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ। तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्‍याउन पहल गरौं,’ प्रचण्डले भने।

कार्यक्रममा एग्रीकल्चर सोसाइटी अफ जापानका उपाध्यक्ष मासामिची साइगो र सैतामा प्रिफेक्चरल गभर्नमेन्टका प्रतिनिधिहरुले प्रचण्डको स्वागत समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्