सुदीपलाई नवलोक दोहोरी गायक अवार्ड



काठमाडौं । राधजानीमा सम्पन्न ‘तेस्रो जिनियस म्युजिक अवार्ड’मा लोकगायक सुदीप कार्कीले ‘सर्वोत्कृष्ट नवलोक दोहोरीगायक विधा’मा अवार्ड जितेका छन् । उनले गीत ‘फूलबोटैमा’ बाट अवार्ड जितेका हुन् ।

कार्यक्रममा अभिनेता तथा मोडल पुष्प खड्काले ‘बेचेर सपना मैले’बाट ‘बेस्ट मोडल अवार्ड(पुरुष)’, ‘यस्तो माया’बाट उषा उप्रेतीले ‘बेस्ट मोडल अवार्ड (महिला)’, कोरियोग्राफर रामजी लामिछानेले ‘रमरम मरौटी’बाट ‘बेस्ट डान्स डाइरेक्टर अवार्ड’ जिते ।

अवार्डमा गीतकार डा. भोला रिजाललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्