जडीबुटी निकासीबाट १३ लाख राजस्व संकलन



बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब रु १३ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब १३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

गत आर्थिक वर्षमा सल्लाको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत् आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ। जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरूसमेत निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्