सिनामंगलमा टिपर आतंक : तीन मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते



काठमाडौं : काठमाडौंको सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतको शरीर क्षतविक्षत अवस्थामा रहेको गौशाला प्रहरीले जनाएको छ ।

टिप्परले बा ८५ प ५६९, बा ३८प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट तीन वटा मोटरसाइक कच्याककुचुक भएको छ । ठक्कर लिने टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गौशाला प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्