एकैदिन ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० निको



काठमाडौं । सोमबार एकैदिन नेपालमा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै सोहि अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्