२४ घण्टाभित्र घर टहरा हटाउन नर्भिक अस्पताललाई प्रमुख शाहको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले अतिक्रमण गरेको १ रोपनी ८ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।

सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो ।

काठमाडौं महानगरपालिकाले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायी वसन्त चौधरीको यो अस्पताल नेपालको निकै महंगो अस्पतालमध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्