संयुक्त राष्ट्रसंघ उभियो प्रियंकाको पक्षमा



अभिनेत्री प्रियंका चोपडालाई तत्काल संयुक्त राष्ट्र संघको सद्भावना दूतबाट नहटाइने भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार युनिसेफको तर्फबाट बोल्दामात्र सद्भावना दूतहरु निष्पक्ष हुनुपर्ने भएकाले चोपडाले व्यक्तिगत अभिव्यक्ति दिन पाउने बताएका छन् ।

यसअघि पाकिस्तानले उनलाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन माग गरेको थियो ।

पाकिस्तानकी मानवअधिकार मन्त्री शिरिन मझारीले भारतीय सेनालाई समर्थन गरेको भन्दै अभिनेत्री चोपडालाई सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्