सोमबार १७ अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको तेस्रो दिन सोमबार (आज) सेयर बजार १७.६७ अंकले घटेको छ । १७ अंकले घटेसँगै परिसूचक नेप्से २१०६ विन्दुमा झरेको छ । दिनभर कुल २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा १०१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटे । उत्पादन उपसमूह भने ५ अंक बढ्यो ।

कुल ५० कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत बढ्यो ।

जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्