विष सेवन गरेर छुरा प्रहार गरी एकको हत्या



सुनसरी : जिल्लामा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेका हुन् । 

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।

छुरा प्रहार गर्ने मुर्ताजलेसमेत विष सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्