रौतहट पुगेका ओलीले भने : म प्रधानमन्त्री हुँदा धेरै काम गरेँ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा धेरै विकासका कामहरू गरेको दाबी गरेका छन् ।

रौतहटको गौरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।

साथै ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको टिप्पणी समेत गरेका छन् ।

अन्य राजनीतिक दलले २०-२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेको भन्दै माधव नेपाल २१ महिना प्रधानमन्त्री हुँदा सिन्को नभाँचेको आरोप लगाए । तराई मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन अबको निर्वाचन एमालेले जित्नैपर्नेमा ओलीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्