दशकपछि संजय दत्त र मनिषा कोइराला एकसाथ



नब्बेको सुरुवाती दशकमा निकै रुचाइएको जोडी नायक संजय दत्त र नायिका मनिषा कोइरालाले फेरि एकपल्ट सँगै काम गर्ने भएका छन् । यो जोडी दशकपछि सँगै काम गर्न लागेका हुन् ।  

    

उनीहरुले देव कट्टाको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका हुन् । यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो ।

Image result for ali fazal and satyajeet dubey

चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन् ।

कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेको चलचित्रका लेखक फराहद संजीले बताएका छन् ।

Image result for sanjay dutt and manisha koirala

चलचित्रको मुख्य आकर्षण भनेको नै संजय र मनिषा बनेका छन् । चलचित्रलाई लिएर संजय र मनिषा दुबै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्