प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

गत बिहीबार उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्ररेन्समार्फत बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्दैछ । 

बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्रधामन्त्रिको स्वास्थ्य, संसदमा पेश हुने केही महत्वपूर्ण कानुनहरु लगायत अन्य विभिन्न विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री स्वदेश बाहिर हुँदा पनि यसरी बैठक बोलाएको यो पहिलो चोटी हो ।

प्रधानमन्त्री ओली सिंगापुर जानु एक दिन अगाडि बसेको मन्त्रिपरिषदको बैठकले भिडियो कन्फ्ररेन्समार्फत पनि मन्त्रिपरिषदको बैठक बस्न सक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्