सुन मूल्य आज तोलामा ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्