प्रचण्डको अध्यक्षतामा सुरु भयो नेकपाको सचिवालय बैठक



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । 

उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।

बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सो बैठकमा पार्टीको एकताका बाँकी काम टुंगो लगाउने कार्यसूची छ । 

प्रतिक्रिया दिनुहोस्