पूडासैनी आत्महत्या प्रकरण : अदालतमा तीनै जनाको बयान सकियो, बहस सुरु



चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की लगाएत तीनै जनाको बयान सकिएको छ । 

रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै लिइएको थियो । 

बहस सकिए लगत्तै वादी प्रतिवादी बिच बहस सुरु भएको छ । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच/पाँच वकिलले बहस गरिरहेका छन् ।

सुरु भएको छुनथेक बहस सकिएपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटि वा साधारण तारेखमा छोड्ने भन्न्ने निर्णय अदालतले गर्नेछ । 

तीनैजना विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्