गाजा हिंसाबारे सुरक्षा परिषद्को बैठक



एजेन्सी । गाजाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । ३ दिनको घातक द्वन्द्वपछि इस्लामिक जिहाद लडाकू र इजरायलबीचको अस्थायी युद्धविराम भइरहेका बेला परिषद्ले आपत्कालीन बैठक बोलाएको हो।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका थिए।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन्।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन्। गाजा हिंसाको अफ्रिकन युनियनलगायतले विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्