घोराही उपमहानगरपालिकाका मेयर चौधरी घाइते



दाङ : घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी घाइते भएका छन् ।

आज (सोमबार) बिहान व्याडमिन्टन खेल्ने क्रममा लडेर उनी घाइते भएको हुन् । टाउकोमा चोट लागेपछि उनको दाङस्थित गोरखा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि बुटवल लगिएको छ । 

बुटवलस्थित अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ । उनको अवस्था अहिले समान्य रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्