मान्छेकाे अनुहार हेरेर थाहा पाउन सकिन्छ यी १० रोग



एजेन्सी : अनुहारले व्यक्तिको शारिरीक र मानसिक स्थिति थाहा पाउन सकिन्छ। जस्तो कि झोक्राएको अनुहार र फ्रेस देखिने अनुहारबाट कुनै पनि व्यक्तिको स्फुर्तिबारे थाहा पाउन सकिन्छ। रिसाएको व्यक्ति र हँसिलो व्यक्ति पनि अनुहार बाटै छुट्याउन सकिन्छ। र केही यस्ता रोगहरु हुन्छन् जसको संकेत व्यक्तिको अनुहारबाटै भेट्न सकिन्छ।

यहाँ १० रोगहरुको बारेमा उल्लेख गरिएको छ जसलाई अनुहार हेरेर थाहा पाउन सकिन्छ :-

१. अनुहार सुन्निनु :– यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ। यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ।

२. दारीको रौँ झर्नु :– दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ।

३. अनुहारमा रौँ :– महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ।

४. अनुहार पहेलिनु :– लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो। साथै यो पहेलोपन पोलियो र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ। यसले जन्डिसको पनि संकेत गर्छ।

५. सेतो दाग :– अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ। साथै यो आइरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ।

६. चम्किलो सेतो दाग :– अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ।

७. पानी फोका :– अनुहारमा पानी फोका आउँनु ‘चिकेनपक्स’(ठेउला)को संकेत हो।

८. डन्डिफोर आउनु :– अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो। त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ।

९. सुन्निनु :– लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ।

१०. अनुहारमा हल्का दाग :– यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो।

प्रतिक्रिया दिनुहोस्