प्रहरीले माग्यो ७ सय गाडी र १५ सय बढी मोटरसाइकल



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सानो र ठूलो गरी ७ सय गाडीको माग गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरीले जनाएको छ । प्रहरीलाई गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ।

प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ । बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन सुरक्षाका लागी खरिद प्रस्ताव गरिएको सो सवारी साधनको लागत साढे ३ अर्ब लाग्ने अनुमान छ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले सहमती नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन । प्रहरीका लागि १३ सय गाडी आवश्यक रहेको प्रहरीले जनाएको छ । उनले पुराना गाडी धकेलेर चलाउनुपर्ने अवस्था रहेको भन्दै निवार्चनको लागि सवारी खरिदको लागि प्रहरीले प्रस्ताव पेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्