सिरहाका दुई विद्यालयका छात्रछात्रालाई साइकल वितरण 



दिनेश्वर गुप्ता

लहान :  सिरहाका दुई माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई आज (सोमबार) साइकल वितरण गरिएको छ । 

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले आफ्ना नगरपालिकाभित्र पर्ने जनसेवा उच्च मावि कर्जन्हामा अध्ययरत ११ कक्षामा परीक्षा दिइसकेका १ सय ६ र राष्ट्रिय फुलकुमारी उच्च मावि बन्दीपुरका ९४ छात्रछात्रालाई साइकल उपलब्ध गराएका हुन् ।

११ कक्षाको परीक्षा दिइसकेकी अञ्जली अधिकारीले ‘सधैं हिडेर स्कूल पुग्थे ।’ ‘अब साइकल पाएको छु’ ‘अब समयमै स्कूल पुग्न सक्छु । म खुशी छु ।’ 

प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गर्दै आएको छ । 

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले उच्च शिक्षातर्फ डोर्याउन कक्षा १२ पढ्न जाने छात्रालाई साइकल दिएर प्रोत्साहन गरेको बताए । 

नगरका छात्रछात्रा उच्च शिक्षा हासिल गर्नको लागि अगामि दिनमा विद्यार्थीमैत्री सशक्त कार्यक्रम ल्याउँदै जाने प्रमुख पासमानले प्रतिबद्धता समेत गरेका छन् । साइकल पाएर हर्षित बनेकी अंशु कोइरालाले साइकल पाएर मेरो पढाइमा थप उर्जा आएको बताइन् ।  

‘घरबाट टाढा छ । कहिलेकाही कक्षा नै छाड्नु पर्थो । अब कक्षा छाड्नु पर्दैन । समयमै विद्यालय पुग्ने भए ।’

कर्जन्हा नगरपालिकाले पहिलो पटक २ सय छात्रछात्रालाई साइकल उपलब्ध गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्