लमजुङमा आगलागीबाट घर जलेर नष्ट



लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ।

आइते सार्की र उनकी पत्नी उजेली बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो। वृद्धवृद्धा मात्रै बस्दै आएको घरमा बिहान १० बजेको आसपासमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले मंगलबार बिहान अन्दाजी साढे ९ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित ७० वर्षीय आइते सार्कीको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भइ घर पूर्ण रुपमा जलेको बताए।

आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। उनकाअनुसार घर सबै जल्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। मानवीय तथा पशु चौपायको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्