थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



काठमाडौं । आज २५ साउन २०७९, बुधबार। अगष्ट १० । श्रावणशुक्लपक्ष त्रयोदशी तिथि, तैतिल करण, पूर्वषाढा नक्षत्र, प्रीति योग, चन्द्रमा धनु राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः३१ मा भएको छ भने सूर्यास्त ६ः४८ मा हुनेछ । आजका देवता विष्णु र ग्रहदेव बुध हुन् ।

बुधबार बिहान घर गृहस्थीसम्बन्धी कार्य गर्दा शुभ हुनेछ। सोम खेती बुध घर भन्ने त नेपाली भनाइ रहेको छ। आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ रहेको छ ।

ऋण लिनु परेमा बुधबारको दिन उत्तम रहने छ। आज ११ः४३ देखि १२ : ३६ सम्मको समय शुभ रहेको छ। यो समयमा कुनै शुभ कार्य गर्दा फल प्राप्त हुनेछ। आजको दिन ऋण चुक्ता गर्दा पनि शुभ रहनेछ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन मानसम्मान मिल्नेछ। सामाजिक सेवा गर्नुभएको छ भने मानसम्मान मिल्नेछ। मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ। देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अनुकुल रहेको छ। यात्राका लागि अवसर आउनसक्छ। यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै देवीदेवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन अनुकुल हुनसक्छ । बिहान सूर्योदयको दर्शन गरेर दिनको शुभारम्भ गर्नुहोला।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा विवाद हुनसक्छ। आज मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले एक प्रकारको डर उत्पन्न भइरहन्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज अर्थ प्राप्ति हुनेछ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ। घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ। त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने संभावना पनि रहन्छ । मनमा निराशा छाउनसक्छ । आजको दिन नियमित काम बाहेन नयाँ कार्य नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन उत्तम छ। जे काम गर्नुहुन्छ, सफलता प्राप्त हुनेछ। व्यापार व्यवसाय, लेखन विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ। आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ। कुम्भ राशिका जातकका लागि आजको दिन अनुकुल देखिदैन। नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला। कसैसँग विवाद हुने काम नगर्नुहोला ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
व्यापार व्यवसायमा काम गर्नुहुने मीन राशिका जातकका लागि दिन उत्तम रहेको छ। धन लाभ प्राप्त हुने योग छ। सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। सुखीको खबर र  गर्नुभएको कामका सफलता प्राप्त हुनेछ। आफन्त र सहकर्मीहरुको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ।

 

प्रतिक्रिया दिनुहोस्