नायिका हुनुभन्दा पहिले चोर बजार सपिङ गर्न जान्थिन् श्रद्धा



एजेन्सी : बलिउड अभिनेत्री श्रद्धा कपूरको फिल्म ‘बत्ती गुल मिटर चली’ ले खासै व्यापार राम्रो गर्न सकेन। तर, उनको फिल्म ‘स्त्री’ ले भने उनलाई थोरै राहत दियो। पछिल्लो समय उनी फिल्म ‘साहो’ का कारण चर्चामा छिन्। यो फिल्मबाट उनी निकै उत्साहित पनि छिन्। उनले प्रभाससँग फिल्म खेल्न पाउनुलाई मौकाका रुपमा हेरेकी छिन्।

एक अन्तर्वार्ताका क्रममा उनले अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताइन्। अन्तर्वार्ता दिँदै उनले आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताइन्। ‘म सामान किन्दा बार्गेनिङ गर्ने गर्छु, कलाकार हुनुभन्दा पहिले म चोर बजारमा गएर सामान किन्ने गर्थेँ,’ उनले भनिन्।

साथै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने पनि बताइन्। उनले भनिन्, ‘यदि मैले सामाजिक सञ्जालमा नै समय दिएँ भने काम कतिबेला गरुँ ?’ रिलिजका क्रममा रहेको फिल्म ‘साहो’ मा बाहुबली स्टार प्रभास र श्रद्धा कपूर एक्सन अवतारमा देखिनेछन्। फिल्ममा यी दुईको रोमान्स पनि देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्