पुडासौनी आत्महत्या प्रकरण : बहस सकियो, फैसला ६ बजे हुने 



काठमाडौं : पत्रकार शालिकराम पुडासौनी आत्महत्या दुरुत्साहन मुद्दाको जिल्ला अदालत चितवनमा बहस सकिएको छ ।

अधिवक्ता कृष्ण पोखरेलका अनुसार बादी र प्रतिबादीको तर्फबाट बहस सकिएको र फैसला आज (सोमबार) साँझ ६ बजे आउने छ । बहसपछि न्यायाधीशले अध्ययन गरेर फैसला सार्वजनिक गर्ने जनाइएको छ ।

रविसहित तीन जनाको सजायको बारेमा आजै सार्वजनिक हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्