गर्मीमा पसिना गन्हाउँछ ? यस्तो छ सबैभन्दा प्रभावकारी उपाय



एजेन्सी : के तपाई पनि गर्मीमा आउने पसिना गन्हाएर हैरान हुनुहुन्छ ? पसिनाकै कारण कसैको अगाडि जान हिच्कीचाउनु हुन्छ ? चिन्ता नगर्नुस्, यस्तो समस्याबाट सजिलै छुट्कारा पाउन र ताजा महसुस गराउन विभिन्न उपायहरु अपनाउनुस्।

पुरुषको लागी उपाय

  • नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम  प्रयोग गर्नुहोस्। यसले शरिरमा सुगन्ध छाउने छ।

    एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस्।

  • नियमित रुपमा काखी सफा गर्नुहोस्। नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस्।
  • जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस्।

महिलाको लागी उपाय

  • महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम  प्रयोग गर्नुस्।
  • घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन।
  • तनावको कारण पनि पसिना गन्हाउने हुन्छ। यसका लागी तनावमुक्त रहनुस्।
  • तालीका मिलाई खाना परिवर्तन गर्नुस्।
  • कपडाको रंग तथा कपडाको किसिमले पनि शरिरमा पसिनाको गन्ध आउन सक्छ। त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस्।

सबैभन्दा प्रभावकारी उपाय :- पर्याप्त पानी खानुस। चुरोट, सुर्ती र रक्सी सेवन नगर्नुस् र शाकाहारी खाना मात्र खानुस्। केही समयमै पसिना गन्हाउने समस्या निर्मुल हुन्छ।

प्रतिक्रिया दिनुहोस्