शूटिङ पहिले नै सलमान खानको फिल्मले कमायो १९० करोड



एजेन्सी : बलिउड नायक सलमान खान र नायिका आलिया भट्टको मुख्य भूमिका रहने चलचित्र ‘इन्शाअल्लाह’ निकै चर्चामा छ। संजयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। छायांकनको तयारीमा रहेको चलचित्रलाई लिएर नयाँ समाचार बाहिरिएको छ।

छायांकन सुरु हुनु पूर्व नै चलचित्रलाई १ सय ९० करोड रुपैयाँमा किनिएको समाचार बाहिर आइरहेको छ। भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० करोड दिएका हुन्। समाचारका अनुसार निर्देशक भन्सालीले जयन्तिलाल गडालाई चलचित्र बेचेका हुन्।

जयन्तिलाल ‘पेन सिनेमाज’का संचालक हुन्। लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा सलमानले ४० वर्षिय व्यापारीको भूमिका निर्वाह गर्नेछन् भने आलियाले २० वर्षिय अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन्। छायांकनको तयारीमा रहेको या चलचित्रलाई सन् २०२० को इदमा रिलिज गरिनेछ।

प्रतिक्रिया दिनुहोस्