रिस नियन्त्रण कसरी गर्ने ?



मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्‍याउँदा हुने प्रतिक्रिया नै रिस हो । यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ । रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुन सक्छ । रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनुपर्ने हुन्छ ।

 

अत्यधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो । यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने यसले मानसिक समस्याको रूप लिन्छ । रिस तत्काल व्यवस्थापन गर्न सकिँदैन तर दीर्घकालीन रूपमा रिस कम गर्न पनि लामो अभ्यास चाहिन्छ ।

 

मनौवैज्ञानिक हिसाबले भन्दा हानि नोक्सानी, गलत व्यवहार, चाहेको कुरा पूरा नहुनु, शारीरिक, आर्थिक आदि विभिन्न कारणले रिस उठ्छ । भावनामा चोट पुग्ने खालका व्यवहारले पनि मानिसमा रिस उत्पन्न गराउँदछ ।

 

रिसको मुख्य औषधि भनेकै आफूलाई नियन्त्रणमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, त्यो वस्तुबाट टाढा रहनु नै बुद्धिमानी हुन्छ । मनलाई सधैँ शान्त राख्ने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्