अमिताभले भने म मरेपछि मेरो सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ



एजेन्सी : अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येका एक हुन्। यस्तोमा उनको निधनपछि उनको सम्पतीलाई उनले के गर्नेछन् भन्नेमा पनि धेरैको चासो छ। भारतीय समाजमा प्रायजसो अवस्थामा पिताको सम्पतिमा छोराको अधिकार हुनेगरेको छ र बाबुको सम्पति छोरालाई हस्तान्तरण गरिन्छ। तर अमिताभ बच्चन भने यस मानेमा फरक हुने भएका छन्।

 

उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन्। संमग्र भारतलाई संदेश दिनका लागि उनले यस्तो गर्न लागेका हुन्। हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका पाहुना समक्ष यस्तो बताएका हुन्।

'म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो मेरो संतानको हुनेछ। मेरा एक छोरा र एक छोरी छन्। यो दुबैलाई बराबरी बाँडिनेछ', अमिताभले भने। यस अनुसार अमिताभले आफूले कमाएको सम्पति आफ्ना छोरा अभिषेकसँगै छोरी स्वेता नन्दालाई पनि दिनेछन्। अमिताभले यस्तो निर्णय गर्दै छोराछोरीलाई बराबरी गर्नुपर्ने संदेश दिन खोजेका छन्। धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्