ओली विदेश भएको बेला किन बोलाए त्रिपाठीले भेला



काठमाडौं : तत्कालीन नेकपा एमालेका चुनाव चिह्न सूर्य छापबाट विजयी भएका हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले भदौ २० गतेका लागि राष्ट्रिय भेला बोलाएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता प्रक्रियामा रहेको भनिएतापनि झन्डै दुई वर्षसम्म कुनै निर्णयमा पुग्न नसकेको त्रिपाठी नेतृत्वको समूहले भेला बोलाएको हो।

‘स्वतन्त्र राजनीतिक समूह अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न भदौ २० गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएका हौंं,’ त्रिपाठीले भने, ‘भेलापछि जे निर्णय हुन्छ, त्यहीअनुसार अघि बढ्ने छौं। त्यसका लागि भेलाबाट आवश्यक निर्णय लिने तयारी छ।’

त्रिपाठीका अनुसार यसअघिको भेलामा प्रदेश नम्बर ५ र ७ बाट मात्रै प्रतिनिधित्व रहेकामा अब भने थप ३ प्रदेशवाट पनि प्रतिनिधित्व रहने छ। भदौ २० को भेलामा ५ र ७ (सुदूरपश्चिम) सहित १, २ र ३ नम्बर प्रदेशबाट पनि कार्यकर्ता सहभागी हुनेछन्। त्यसका लागि वृहत तयारी भइरहेको त्रिपाठीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्