कस्तो होला आगामी तीन दिनको मौसम ?



काठमाडौं : देशको मध्य तथा पश्चिमका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको मौसमविद् जनाएको छ । 

मंगलबार बिहान ६ बजेको दैनिक बुटेलिन जारी गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्ययम वर्षा हुने जनाएको छ । 

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको कारण नेपालमा मनसुन कम सकृय अवस्थामा रहेको छ ।  

आगामी तीन दिनको मौसम 

भदौ १० गते (मंगलबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्ययम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ ११ गते (बुधबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पहाडि भेगका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १२ गते (बिहीबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पहाडि भेगका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्