एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु



हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ।

आज बिहान १० बजे मनहरी-९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै १ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए।

एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै मृत्यु हुनेमा सङ्खुवासभाकी ५२ वर्षीया नमुना शेर्पा रहेको प्रवक्ता कार्कीले बताए। शेर्पा मनहरी स्थित आफ्नो छोरीको घर आएकी थिइन्।

ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ। शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्