एन्फाको कार्यसमिति बैठक सुरु, यस्ता छन् एजेण्डा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक सुरु भएको हो ।

यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक स्साकस्सीपछि एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

तर, पुरानै एजेन्डालाई अघि सार्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङले पुन: बैठक बोलाएका हुन् । बिहीबारको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ । एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो।

थप गरिएको एजेन्डा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेन्डा रहेको छ ।

एजेन्डामा नरहेपनि अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडे बर्खास्तीको माग विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्